Kathmandu Press

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ 

सुनसरी, साउन २४ : सवारी ज्यान मुद्दाका फरार अभियुक्त मोरङ विराटनगर महानगरपालिका-१० मधुमारा टोल बस्ने सरोजकुमार साहलाई  शनिबार प्रहरी पक्राउ गरेको छ।गत असार...
सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ 

सुनसरी, साउन २४ : सवारी ज्यान मुद्दाका फरार अभियुक्त मोरङ विराटनगर महानगरपालिका-१० मधुमारा टोल बस्ने सरोजकुमार साहलाई  शनिबार प्रहरी पक्राउ गरेको छ।

गत असार ११ गते बेलुका सुनसरी इटहरी उमहानगरपालिका-१२ स्थित शारदा विद्यालय अगाडिको कोसी राजमार्गमा  बा१०च ५५७३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री इटहरी उमहानगरपालिका-११ बस्ने ६३ वर्षीया गंगा देवी ढकालको मृत्यु भएको थियो।

उक्त घटनामा संलग्न रही फरार रहेका गाडी चालक साहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूहको सहयोगमा मोरङ विराटनगर महानगरपालिका-१ बाट प्रहरीले पक्राउ गरेको हो। 

यसबारे आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्