Kathmandu Press

जोमसोममा सेनाकाे ‘हाई अल्टिच्युड’ तालिम सुरु

काठमाडौं, साउन २४ : नेपाली सेनाले विभिन्न देशमा सेनासहित आइतबार ‘हाई अल्टिच्युड एन्ड माउन्टेन वारफेर’ तालिमको सुरु गरेको छ । पहाडी युद्धकलाका साथै रक...
जोमसोममा सेनाकाे ‘हाई अल्टिच्युड’ तालिम सुरु

काठमाडौं, साउन २४ : नेपाली सेनाले विभिन्न देशमा सेनासहित आइतबार ‘हाई अल्टिच्युड एन्ड माउन्टेन वारफेर’ तालिमको सुरु गरेको छ । 

पहाडी युद्धकलाका साथै रक क्राफ्छ, आइस क्राफ्टसम्बन्धी ज्ञान दिलाउने उद्देश्यले आयोजित उक्त तालिममा जोमसोममा तैनाथ नेपाली सेनाको उच्च शिखर शिक्षालयमा स्वदेशी तथा विदेशी शिक्षार्थी सहभागी छन्।

उक्त शिक्षालयका शिक्षाधिकृत सुरेश हमालको प्रवचनसँगै सुरु भएको सो तालिम आगामी असोज १ गतेसम्म सचालन हुने ञ्नेपाली सेनाले जनाएको छ।

तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्य दर्जाका ६५ जना गरी जम्मा ८१ जना सहभागी छन्।

त्यस्तै विदेशी शिक्षार्थीतर्फ अमेरिका, बंगलादेश, पाकिस्तान तथा दक्षिण कोरियाबाट अधिकृत तथा अन्य दर्जा शिक्षार्थी जम्मा पाँचजना सहभागी भएको सेनाको भनाइ छ।
 

प्रकाशित मिति: १३:२८ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्