एमाले सचिव योगेशकी आमाको निधनप्रति अध्यक्ष ओलीद्वारा शोक व्यक्त
काठमाडौं, साउन २४ : एमाले अध्यक्ष केपी ओलीले पार्टी सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईकी आमाको निधनप्रति शोक व्यक्त गरेका छन्।आइतबार एक शोक...
काठमाडौं, साउन २४ : एमाले अध्यक्ष केपी ओलीले पार्टी सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईकी आमाको निधनप्रति शोक व्यक्त गरेका छन्।
आइतबार एक शोक वक्तव्य जारी गरेर उनले भट्टराईकी ममतामयी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा साउन २३ (शनिबार) भएको निधनले पार्टीलाई अत्यन्त दुखित बनाएको उल्लेख गरेका छन्।
‘यस दुःखद घडीमा हाम्रो पार्टी दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न कमरेड योगेश भट्टराईलगायत सबै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,’ शोक वक्तव्यमा उल्लेख छ।
प्रकाशित मिति: १२:५९ बजे, आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





