सवारी दुर्घटनामा तीनजनाको मृत्यु
काठमाडौं, साउन २४ : भक्तपुर, सप्तरी र सुनसरीमा भएका बेग्लाबेग्लै सवारी दुर्घर्टनामा तीनजनाको मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोकमा प्रदेश ३-०२-०१०प ४८४६...
काठमाडौं, साउन २४ : भक्तपुर, सप्तरी र सुनसरीमा भएका बेग्लाबेग्लै सवारी दुर्घर्टनामा तीनजनाको मृत्यु भएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोकमा प्रदेश ३-०२-०१०प ४८४६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुषको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारका क्रममा मृत्यु भएको हो। फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ।
त्यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका-६ कठौनामा ना४ख २४४१ नम्बरको ट्याङकरको ठक्करबाट बारा आदर्श कोतवाल गाउँपालिका-३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको शनिबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको युनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सुनसरी चतराबाट दर्शन गरी फर्कदै गरेको ना४ख २८०० नम्बरको बसबाट झरेर खाजा खान जाने क्रममा उक्त ट्याङ्करले उनलाई ठक्कर दिएको थियो। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ चिरौली चोकमा को८प ४११५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय हेमन्त उराउको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











