Kathmandu Press

बालिका बलात्कार आरोपमा एकजना पक्राउ 

पाल्पा, साउन २४ : १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शनिबार साँझ एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रैनादेबी छहरा गाउँपालिका–८ बस्ने २३...
बालिका बलात्कार आरोपमा एकजना पक्राउ 

पाल्पा, साउन २४ : १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शनिबार साँझ एकजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा रैनादेबी छहरा गाउँपालिका–८ बस्ने २३ वर्षीय मीनबहादुर सारु रहेको प्रहरीले जनाएको छ। 

ती बालिकालाई सारुले साउन १९ गते जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्