Kathmandu Press

पत्रकार सिग्देलको मनको कैदी’ कथासङ्ग्रह प्रकाशित

पत्रकार सिग्देलको मनको कैदी’ कथासङ्ग्रह प्रकाशित

काठमाडौं, साउन २४ : पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित भएको छ। उनको यो पाँचौँ कृति हो। कथा, निबन्ध र नियात्रालगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम पत्रकार सिग्देल युवापुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । विसं २०७३ मा ‘जीवनको गति’ पुस्तकबाट उनले कृति लेखन कार्य शुरु गरेका हुन्।

मनको कैदी मनको परिधिभित्र लेखिएको कथासङ्ग्रह हो भन्दा फरक पर्दैन। पुस्तकमा सङ्गृहीत १३ वटा कथा सबै नै मनोवैज्ञानिक शैलीका छन्। मान्छेका मनमा उर्लिएका भावना र विचारको मेल नै यो कथा सङ्ग्रहको सार हो। मान्छे नबुझी कथा लेख्न सकिन्न र मान्छे बुझ्न मान्छेको मनमा पस्न सक्नुपर्दछ भन्ने मान्यता राख्ने लेखकले मनको कैदी पुस्तकमा अनौठो प्रयोग गरेका छन्।

Hardik ivf

त्यहाँ समेटिएको ‘उर्लंदो समुद्र र भावना’ शीर्षकको कथाको तीन भाग छ, जसलाई नेपाली साहित्यमा अलग्गै प्रयोगका रूपमा लिइएको उनको दाबी छ। मान्छेका मनभित्र गुम्सेर रहेका अव्यक्त भावहरु बुझ्ने र बुझाउने प्रयोगात्मक शैली यसमा अपनाइएको छ। उनको यसअघि प्रकाशित मनोनेट कथासङ्ग्रह पनि त्यही मनको सिद्धान्तमा आधारित थियो। त्यो किताबले धेरै मान्छेको मन जित्यो। उनको यस कृतिमा पनि मनोनेट शैली नै झल्किन्छ तर अर्को रूपमा।

लेखक भन्छन्, ‘खासमा भन्ने हो भने एउटा लेखकले मान्छेको मनभित्र पसेर लेख्न सक्नुपर्छ । म त्यही शैली अपनाउँछु, जहाँ मान्छेहरुको कथा, व्यथा झल्किन्छ।’ मान्छेको मनभित्र गुम्सिएर रहेका कतिपय भावनाको प्रकटीकरण उनको लेखाइको मूल पक्ष हो।
 

प्रकाशित मिति: ११:०४ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्