Kathmandu Press

चार जिल्लामा महन्थ ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला

काठमाडौं, साउन २४ : जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले आज (आइतबार) चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्दै छ। आज...
चार जिल्लामा महन्थ ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला

काठमाडौं, साउन २४ : जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले आज (आइतबार) चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्दै छ। 

आज  सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा कार्यकर्ता भेला गर्ने ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

सुनसरीमा डा. सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर, अरविन्द साहले सम्बोधन गर्नेछन् भने सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै,  रुपन्देहीमा सर्वेन्द्रनाथ शुक्ल,  उमाशंकर अरगरिया, कृष्णा सिंहले तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: १०:२२ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्