खोप केन्द्र र स्वास्थ्यकर्मी बढाउने सरकारको तयारी
काठमाडौं, साउन २४ : भोलिदेखि लगाइने दोस्रो डोजका लागि खोप केन्द्र र स्वास्थ्यकर्मी बढाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।सोमबारदेखि देशभर...
काठमाडौं, साउन २४ : भोलिदेखि लगाइने दोस्रो डोजका लागि खोप केन्द्र र स्वास्थ्यकर्मी बढाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबारदेखि देशभर वृद्धवृद्धालाई दोस्रो लगाइने भएको छ। त्यसका लागि खोप केन्द्र र स्वास्थ्यकर्मी बढाइने मन्त्रालयले जनाएको छ।
खोपलाई कार्यक्रमलाई प्रभावकारी ढङ्गले चलाउन केन्द्रसँगै स्वास्थ्यकर्मीको परिचालन पनि बढाउन लागिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार खोप आयातलाई हेरेर खोप केन्द्र थप्दै लग्ने योजना रहेको छ।
भोलिदेखि कोभिशिल्डको दोस्रो डोज लगाइँदै छ। यसअघि गत फागुन र चैतमा कोभिशिल्डको पहिलो डोज लगाइएको थियो। तर, भारत सरकारले थप खोप नदिएपछि दोस्रो डोज लगाउन सकिएको थिएन।
अहिले जापान र भुटानले एस्ट्राजेनेका खोप दिएको छ। कोभिशिल्डको ठाउँमा एस्ट्राजेनेको दोस्रो डोज लगाइने भएको हो। दुवै एउटै खोप हुन्।
जापानले १६ लाख डोज खोप दिएको छ। जसमध्ये पाँच लाख खोप शनिबार आएको छ भने थप तीन लाख खोप आज आउँदै छ। बाँकी १० लाख डोज एक साताभित्र आउने भएको छ।
त्यस्तै, भुटानले तीन लाख खोप दिएको छ। यी सबै खोप वृद्धवृद्धालाई दिइने भएको छ। १४ लाख वृद्धवृद्धा दोस्रो डोजको पर्खाइमा छन्।
-1789476019.jpg)




-1789476019.jpg)





