Kathmandu Press

गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं, साउन २४ : सत्तारुढ गठबन्धनले सरकार संचालनका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्न लागेको छ।सत्तारुढ गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको...
गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं, साउन २४ : सत्तारुढ गठबन्धनले सरकार संचालनका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्न लागेको छ।

सत्तारुढ गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो। कार्यदलले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो।

त्यसमाथि शनिबार गठबन्धनको बैठकमा छलफल भएको थियो। बैठकमा सहभागी गठबन्धनका शीर्ष नेताहरुले आज प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेका थिए।

आज बिहान १० बजेपछि गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो। त्यसलाई संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको छ।

 

 

प्रकाशित मिति: ०७:५५ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्