‘साइनो’ लिएर आउँदै भुवन चन्द
काठमाडौं, असार २७ : नेपालकी पहिलो अभिनेत्री भुवन चन्द अब फिल्म निर्माणतिर लागेकी छिन्। उनी आफ्नो पहिलो फिल्म ‘साइनो’ लिएर आउँदैछिन्।
....
काठमाडौं, असार २७ : नेपालकी पहिलो अभिनेत्री भुवन चन्द अब फिल्म निर्माणतिर लागेकी छिन्। उनी आफ्नो पहिलो फिल्म ‘साइनो’ लिएर आउँदैछिन्।
उनले दुई पुस्तालाई एउटै फिल्ममा कैद गरेर नातासम्बन्ध दर्शाउने फिल्म ‘साइनो’ निर्माण गरेकी छिन्।
फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। नेपालीपन झल्काउने र गाउँकै परिवेश देखाउने गरी फिल्म निर्माण गरिएको निर्देशक रमेश थापाले बताए।
‘हामीले यसमा नेपालीपन झल्काउन खोजेका छौं। फिल्ममार्फत हरेक साईनोमा गर्नुपर्ने बलिदानलाई देखाउन खोजेका छौं,’ निर्देशक थापाले भने।
‘साइनो’ त्रिकोणत्मक प्रेमकथामा आधारित फिल्म हो। यसमा मानव बेचबिखनको मुद्दालाई उठाएको जनाएको छ। फिल्ममा अभिनेत्री मिरुना मगर, निता ढुगांना, राज कुमार, भुवन थापा चन्दका मुख्य भूमिका रहेको छ।
यो फिल्म साउन २४ गते रिलिज हुनेछ।












