एक दिन सारियो एमाले केन्द्रीय कमिटी बैठक
काठमाडौं, साउन २४ : नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक एक दिन सारिएको छ।यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे बैठक...
काठमाडौं, साउन २४ : नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक एक दिन सारिएको छ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे बैठक बोलाएका थिए। तर, पार्टीको आन्तरिक विवाद मलिाउने प्रयास भइरहेको जनाउँदै आज बोलाएको केन्द्रीय कमिटी बैठक एक दिन सारिएको हो।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार साउन २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ। बिहान बस्ने बैठकमा केही निर्णय हुने र त्यसपछि अपराह्न ३ बजे केन्द्रीय कमिटी बैठक डाँकिएको उनले बताए।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बैठक बस्ने भएको छ। सोमबार बस्ने स्थायी र केन्द्रीय कमिटी बैठकमा केही महत्वपूर्ण निर्णय हुने उनको भनाइ छ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको पनि सहभागिता गराउने प्रयासका लागि आजको बैठक भोलिलाई सारिएको तामाङको भनाइ छ। अहिलेसम्म बोलाइएका एमाले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकमा नेपाल पक्ष भने उपस्थित भएको छैन।
-1789476019.jpg)




-1789476019.jpg)





