Kathmandu Press

१ अर्ब ६५ करोडमा १० करोड ५५ लाख थान डाइपर आयात

काठमाडौं, साउन २३ : गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका डाइपर आयात गरेको छ। सो अवधिमा विभिन्न...
१ अर्ब ६५ करोडमा १० करोड ५५ लाख थान डाइपर आयात

काठमाडौं, साउन २३ : गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका डाइपर आयात गरेको छ। 

सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्यबराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट १ अर्ब ५० करोड मूल्य रुपैयाँ बराबरका करिब १० करोड थान डाइपर आयात भएको छ।

त्यस्तै भियतनामबाट ५० लाख मूल्य बराबरका ५ लाख २० हजार तथा पाकिस्तानबाट ३१ लाख मूल्य बराबरका करिब १५ हजार थान डाइपर आयात भएको विभागले जनाएको छ।

नेपालले मलेसिया, थाइल्यान्ड, युनाइटेड स्टेट्स (युएर्इ), टर्की, थाइल्यान्ड, हङकङ, सिंगापुर र डेनमार्कबाट पनि डाइपर आयात गर्ने गरेको छ। 

विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नका लागि डाइपरको प्रयोग गर्ने गर्दछन्।  

प्रकाशित मिति: १७:५० बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्