Kathmandu Press

गायिका भूमिका शाहको तीज गीत ‘बाटुला’ को म्युजिक–भिडियाे सार्वजनिक

काठमाडौँ, साउन २३ : चर्चित लोक गायिका भूमिका शाहको तीज गीत ‘बाटुला’ को म्युजिक–भिडिओ सार्वजनिक भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको...
गायिका भूमिका शाहको तीज गीत ‘बाटुला’ को म्युजिक–भिडियाे सार्वजनिक
Hardik ivf

काठमाडौँ, साउन २३ : चर्चित लोक गायिका भूमिका शाहको तीज गीत ‘बाटुला’ को म्युजिक–भिडियाे सार्वजनिक भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त गीतको म्युजिक–भिडियाे सार्वजनिक गरिएको हो। 

गायिका भूमिका शाह र नकुल गौतमको स्वर रहेको उक्त गीतको भिडियाे भने धर्मेन्द्र आचार्यको निर्देशनमा बनेको हो। भिडियाेमा श्रीमान र श्रीमतीले एक अर्काको प्रशंसा गरेको देख्न सकिन्छ। 

भिडियाेमा समिक्षा घताने, शर्मिला श्रीमाल, शरद एल.जी, रामकृष्ण दुवाडी र अभि शर्माले अभिनय गरेका छन् । 
 

प्रकाशित मिति: १७:११ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्