Kathmandu Press

थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु 

थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १७२२ जना कोरोनासंक्रमणमुक्त भएका छन्। 
थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु 

काठमाडौं, साउन २३ : पछिल्लो २४ घण्टामा थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८६६ नमूना पिसिआर परीक्षण गर्दा २२३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको छ।

थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा १७२२ जना कोरोनासंक्रमणमुक्त भएका छन्। 

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५४३२ रहेको छ।

प्रकाशित मिति: १६:५६ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्