Kathmandu Press

एसईईको नतिजा प्रकाशित

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा–कक्षा १० (एसईई)को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शनिबार अपराह्न नतिजा प्रकाशन गरेको हो।
एसईईको नतिजा प्रकाशित

काठमाडौं, साउन २३ :  ०७७ सालको माध्यमिक शिक्षा परीक्षा-कक्षा १० (एसईई)को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शनिबार अपराह्न नतिजा प्रकाशन गरेको हो।

कोभिड-१९ महामारीका कारण एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन। सोही कारण विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरिएको हो।

बोर्डका अनुसार एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ ।

प्रकाशित मिति: १५:११ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्