Kathmandu Press

राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा आजै सार्वजनिक गर्ने

काठमाडौं, साउन २३ : राष्ट्रिय परीक्षा बोर्ड २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने तयारीमा जुटेको छ।गएको वर्षझैं यसपालि...
राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा आजै सार्वजनिक गर्ने

काठमाडौं, साउन २३ : राष्ट्रिय परीक्षा बोर्ड २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने तयारीमा जुटेको छ।

गएको वर्षझैं यसपालि पनि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको अंकलाई नै बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागिएको बोर्डका एक सदस्यले जानकारी दिए।

अहिले बोर्ड बैठक बसिरहेको छ। बैठकमा खासगरी साउन ३१ देखि भदौ ९ गतेसम्म विद्यार्थीको भौतिक उपस्थितिमा गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगन गर्ने कि नगर्ने, स्थगन गरेको अवस्थामा कस्तो विकल्प अपनाउने भनी छलफल भइरहेको बताइएको छ।  

कक्षा १० को पढाइ पूरा गरेका ५ लाखभन्दा बढी विद्यार्थी अहिले एसईई नतिजा पर्खिरहेका छन्। नतिजा आउनुअगावै कतिपय विद्यालयले विद्यार्थीहरु बटुलेर कक्षा ११ काे पठनपाठन पनि थालिसकेका छन्।

एसईइको नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभिआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने तयारी गरिरहेको बुझिएको छ। शनिबार साँझसम्ममा नतिजा प्रकाशन हुने बोर्ड स्रोतले जनाएको छ।

त्यसैगरी आकाश टेक प्रालिबाट ३१००१, इजी सर्भिस प्रालिबाट ३४९४९ र जानकी टेक्नोलोजी प्रालिबाट ३५००१, नेपाल टेलिकमबाट १६००, एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सकिने बताइएको छ।

बोर्डले आफ्नो बेवसाइटका अलावा नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि, इडियु सञ्जाल, कान्तिपुर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट पनि सार्वजनिक गर्न लागेको जनाइएको छ।

प्रकाशित मिति: १४:०८ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्