Kathmandu Press

नेबिको कारखानाको आगलागी नियन्त्रणमा १२८ सैनिक परिचालन

काठमाडौं, साउन २३ : काठमाडौं महानगरपालिका-१६ बालाजु औद्योगिक क्षेत्रस्थित नेबिको बिस्कुट कारखानामा भएको भीषण आगलागी नियन्त्रणका लागि आफ्नो जनशक्ति परिचालन गरेको नेपाली सेनाले...
नेबिको कारखानाको आगलागी नियन्त्रणमा १२८ सैनिक परिचालन

काठमाडौं, साउन २३ : काठमाडौं महानगरपालिका-१६ बालाजु औद्योगिक क्षेत्रस्थित नेबिको बिस्कुट कारखानामा भएको भीषण आगलागी नियन्त्रणका लागि आफ्नो जनशक्ति परिचालन गरेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका अनुसार शनिबार बिहान ३ बजे कारखानामा आगो लागेको खबर प्राप्त भएपश्चात नेपाली सेनाको बालाजुस्थित १ नम्बर बाहिनी अड्‍डाका सहायक बाहिनीपतिको कमान्डमा १ सय २८ जना जनशक्ति दुईवटा दमकलसहित आगलागी नियन्त्रणका लागि सो स्थानमा परिचालित भएका हुन्।

आगो फैलिन नदिन उद्धार टोलीद्वारा ट्रस घर-१ (एक) भत्काएको छ भने नेपाली सेनाको दमकलसहित आठवटा दमकल र सिम्रिक एयरको हेलिकोप्टरसमेत प्रयोग गरिएको सेनाको भनाइ छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत स्थानीयको संयुक्त प्रयासमा उक्त आगलागी पूूर्ण रुपमा नियन्त्रणमा लिइएको बताइएको छ। 

आगलागीबाट नेबिको बिस्कुट कारखानाको चारवटा ब्लकमा क्षति पुगेको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको सेनाले जानकारी दिएको छ।  

 

प्रकाशित मिति: १२:३३ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्