बाढीका कारण मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन राप्रपाको माग
काठमाडौं, साउन २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकमा बाढीका कारण मृत्यु भएका मृतक र बेपत्ता परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ। सो...
काठमाडौं, साउन २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकमा बाढीका कारण मृत्यु भएका मृतक र बेपत्ता परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ।
सो पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरासहितको टोलीले आज बाटुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाललाई ज्ञापनपत्र बुझाउँदै सिन्धुपाल्चोकका पाँचपोखरी गाउँपालिका, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा आएको भिषण बाढी क्षेत्रका पीडित परिवारलाई तत्काल राहतको प्याकेज उपलब्ध गराउनुपर्ने माग गरेको छ।
ज्ञापनपत्रमा भनिएको छ, ‘बाढीबाट क्षति भएका भौतिक संरचना पुल, शिक्षण संस्था, विद्युत् आदिको तत्काल वैकल्पिक माध्यमबाट र भविष्यमा दीर्घकालीनरुपमा पुनःनिर्माण गर्न र हालसम्म विस्थापित भएका परिवारलाई सुरक्षित स्थानको पहिचान गरी पुनःस्थापना गर्न माग गर्दछौँ।’
सो पार्टीले अहिले पनि निरन्तररुपमा बाढी गइरहेकाले तत्काल विशेषज्ञको टोली खटाएर बाढीका कारण र अब बाढीले क्षति पु¥याउने स्थानको पहिचान गरीस्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत अनुरोध गरेको छ।
सोही अवसरमा प्रधानमन्त्री देउवाले राहत र उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष जबराले बाढीको कटानबाट खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण कार्य अगाडि बढाउनुपर्नेमा जोड दिए।
-1789476019.jpg)




-1789476019.jpg)





