२९ असारअघि २९८९ खोपकेन्द्र, त्यसयता ४४२२
२९ असारसम्म देशभर दुई हजार नौ सय ८९ खोप केन्द्र थिए । त्यसयता २२ साउनसम्ममा खोप केन्द्रको संख्या चार हजार चार सय २२ पुगेको छ ।
काठमाडौं, साउन २३ : बालुवाटारबाट बाहिरिनासाथ पार्टी स्थायी समितिको बैठकमा एमाले अध्यक्ष केपी ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपको सबै व्यवस्था भइसकेको र नयाँ सरकारले सेल्फी खिच्ने काम मात्र गर्ने दाबी गरेका थिए । तथ्यले भने त्यसो भन्दैन । नयाँ सरकार गठन भएको २६ दिनमा खोप केन्द्र मात्र एक हजार ४३३ खोप केन्द्र थपिएका छन् ।
२९ असारसम्म देशभर दुई हजार नौ सय ८९ खोप केन्द्र थिए । त्यसयता २२ साउनसम्ममा खोप केन्द्रको संख्या चार हजार चार सय २२ पुगेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा २९ असारअघि ६६ वटा मात्र खोप केन्द्र रहेकामा २२ साउनसम्ममा एक सय ४९ वटा पुगेका छन् । उपत्यकामा मात्र ८३ वटा खोप केन्द्र थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार खोप लगाउन नागरिकको भीड बढेपछि खोप केन्द्र थप गरिएको हो ।
सरकारले १४ माघ ०७७ देखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको हो। शुक्रबारसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो र २२ लाख आठ हजार ५५ जनाले पूर्ण डोज खोप लगाइसकेका छन् । (राससको सहयोगमा)
-1789476019.jpg)




-1789476019.jpg)





