देशभर थपिए एक हजार ४३३ खोप केन्द्र
काठमाडौं, साउन २३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ।खोप लगाउनेको भीड हुन थालेपछि देशभर...
काठमाडौं, साउन २३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ।
खोप लगाउनेको भीड हुन थालेपछि देशभर खोप केन्द्र थप गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार चार सय ३३ खोप केन्द्र थप गरिएको छ।
पहिले दुई हजार नौ सय ८९ खोप केन्द्र रहेका थिए। अहिले थप गरेर चार हजार चार सय २२ खोप केन्द्र पुगेका छन्।
काठमाडौं उपत्यकामा पनि ८३ खोप केन्द्र थप गरिको अब उपत्यकामा खोप केन्द्रको संख्या एक सय ४९ पुगेको छ। उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए।
सरकारले २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको थियो। अहिलेसम्म ४४ लाख तीन हजार २१ जनाले पहिलो डोज र २२ लाख आठ हजार ५५ जनाले पूर्ण खोप लगाइसकेका छन्।
प्रकाशित मिति: ०८:०० बजे, शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





