बालाजुमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी
काठमाडौं, साउन २३ : बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुटको कारखानामा आज बिहान आगलागी भएको छ।आज बिहान २ बजेबाट आगालागी शुरु भएको प्रहरीले...
काठमाडौं, साउन २३ : बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुटको कारखानामा आज बिहान आगलागी भएको छ।
आज बिहान २ बजेबाट आगालागी शुरु भएको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा भएको आगलागी निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।
आगलागी भएको खबर पाएसँगै दमकल, पानी ट्यांकरसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।
सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आएको छैन।
प्रकाशित मिति: ०७:१६ बजे, शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





