Kathmandu Press

परम्परागत भूमि आयोगको काम छैनः जसपा नेता खतिवडा

सरकारले भूमि आयोग खारेज गरेपछि केपी ओली नेतृत्वको एमालेले विरोध गरिरहेको सन्दर्भमा जसपा प्रचार विभाग प्रमुख खतिवडाको धारणा आएको हो ।
परम्परागत भूमि आयोगको काम छैनः जसपा नेता खतिवडा

काठमाडौं, साउन २२ : जसपा नेता डम्बर खतिवडाले परम्परागत शैलीको भूमि आयोगको कुनै काम नभएको बताएका छन् ।

सरकारले भूमि आयोग खारेज गरेपछि केपी ओली नेतृत्वको एमालेले विरोध गरिरहेको सन्दर्भमा जसपा प्रचार विभाग प्रमुख खतिवडाको धारणा आएको हो ।

भोटका लागि गरिब परिवारमाथि भइरहेको राजनीतिकरणको पनि खतिवडाले विरोध गरेका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खतिवडाले समस्याको दीगो र वैज्ञानिक समाधान खोजिनुपर्ने उल्लेख गरेका छन् ।

‘परम्परागत भूमि आयोगको कुनै काम छैन। सडक वा नदी किनार, सार्वजनिक जमिनबाट सानो अंश काटेर लालपुर्जा दिने, अव्यवस्थित बसोबासी बढाउने, मानवीय क्षति जोखिम झन् बढ्ने, भोटका लागि समस्याको सस्तो राजनीतिकरण  गर्ने काम जसले गरे पनि घटियास्तरको हो,’ उनले भनेका छन्, ‘अब दीगो र वैज्ञानिक समाधान खोजिन पर्छ।’

प्रकाशित मिति: २१:१५ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्