नेपालमा कोभिडबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघ्यो, झण्डै ३५ हजार सक्रिय संक्रमित
काठमाडौं, साउन २२ : नेपालमा कोभिड १९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा २५ जनाको ज्यान गएसँगै...
काठमाडौं, साउन २२ : नेपालमा कोभिड १९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा २५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन हजार सात सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा कुल परीक्षणको झन्डै २४ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ७७ हजार पाँच सय ८९ पुगेको छ ।
यस्तै थप एक हजार आठ सय ८५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६५ हजार पाँच सय ४८ जना पुगेको छ । अहिले नेपालमा ३४ हजार नौ सय ४२ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
प्रकाशित मिति: १९:०६ बजे, शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





