Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक २८ साउनमा

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको चौधौँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।
कांग्रेस केन्द्रीय समिति बैठक २८ साउनमा

काठमाडौं, साउन २२ : कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २८ साउनका लागि बोलाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको चौधौँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी मुख्यसचिव पौडेलले विज्ञप्तिमार्फत दिएका छन् ।

प्रकाशित मिति: १८:४१ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्