Kathmandu Press

सबै नागरिकलाई चाँडो खोप उपलब्ध गराउनुपर्छ : राष्ट्रपति

काठमाडौं, साउन २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएको छ।नेपाल चिकित्सक सङ्घले शुक्रबार राष्ट्रपति...
सबै नागरिकलाई चाँडो खोप उपलब्ध गराउनुपर्छ : राष्ट्रपति

काठमाडौं, साउन २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएको छ।

नेपाल चिकित्सक सङ्घले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यन्वयन गरी सबै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउनुपर्ने बताइन्। चिकित्सा शिक्षालाई सर्वसुलभ बनाई नागरिकको पहुँचभित्र पुर्याउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले सबै नागरिकसमक्ष स्वास्थ्य सेवाको पहुँच पुर्याउन राज्यको दायित्व भएको उल्लेख गरिन्। 

कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रणका गर्दैगर्दा नयाँनयाँ प्रजातिको भाइरस देखापरेको उनले बताइन्। ‘कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने ठूलो जनशक्ति महिला स्वास्थ्यकर्मी भएकाले कोभिड–१९ विरुद्ध लड्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सरसफाइकर्मीप्रति सम्मान छ,’ उनले भनिन्।

आजको समयमा नेपाली महिलाको ठूलो हिस्सा घरायसी कामकाजमा सीमित हुनुपर्ने अवस्था अझै रहेको भन्दै राष्ट्रपति भण्डारीले थोरै सङ्ख्यामा महिला व्यवस्थापिका र नेतृत्व तहमा पुगेको बताइन्। ‘यस्तो स्थितिमा पनि महिलाले चिकित्सा र स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाउनु सराहनीय हो,’ उनले भनिन्, ‘महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्न सरकारले आफ्ना नीति तथा कार्यक्रममा सुधार गरे पनि पर्याप्त छैन। अझ सुधार गर्नुपर्दछ।’

सङ्घका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो । उक्त अवसरमा डा दिब्यासिंह शाह, डा. रिता थापा, डा सरस्वती पाध्याय, डा. सुधा शर्मा, डा. कुशुम थापा, डा. किरण थापा, डा. आशा सिंह, डा. संगिता भण्डारी, डा. चन्द्रा कार्की, डा. सानुमैया दलि, डा. सुधा अग्रवाल, डा. तारा मानन्धर, डा. राधा शाह र डा. अर्चना वैद्यलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्