Kathmandu Press

काठमाडौं उपत्यकामा ७०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तमिध्ये सबैभन्दा धेरै काठमाडौंमा ४ सय...
काठमाडौं उपत्यकामा ७०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तमिध्ये सबैभन्दा धेरै काठमाडौंमा ४ सय ७१ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भक्तपुरमा ८३ र ललितपुरमा १ सय ४७ जनामा संक्रमण देखिएो छ। 

थपिएको सहित काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार १ पुगेको छ। 

देशभरि कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्दा उपत्यकामा झन्डै ३ हजारको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म काठमाडौं उपत्यकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ९ सय ७६ पुगेको छ।

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्