नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं, साउन २२ : साफ च्याम्पियनसिप र एसियन कपको तेस्रो चरणको छनोटका तयारीका नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग मैत्रीपूर्ण खेल्ने भएको छ। नेपालले...
काठमाडौं, साउन २२ : साफ च्याम्पियनसिप र एसियन कपको तेस्रो चरणको छनोटका तयारीका नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग मैत्रीपूर्ण खेल्ने भएको छ। नेपालले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल्ने पक्का भएको एन्फाले जनाएको छ।
नेपालमा आएर मैत्रीपूर्ण खेलका लागि भारतले प्रस्ताव गरेको थियो । भारतको सो प्रस्तावलाई एन्फाले शुक्राबार स्वीकार गरेको हो। नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भदौ १७ र २० गते दशरथ रंगशालमा हुनेछ।
नेपालसँग मैत्रीपूर्ण खेलका लागि भारतसँगै बंगलादेश, किर्गिस्तान र प्यालेस्टाइनले पनि प्रस्ताव गरेका थिए। बंगलादेश र प्यालेस्टाइन नेपाल आउन तयार थिए भने किर्गिस्तानले नेपाललाई उतै आएर खेल्न प्रस्ताव गरेको थियो।
प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











