गाउँपालिका उपाध्यक्षका ससुरा बित्दा मेन्छयायेममा सार्वजनिक बिदा
काठमाडौं, साउन २१ : तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्ष गीतादेवी निम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधन भएको भन्दै सार्वजनिक बिदा दिएको छ।उपाध्यक्ष गीतादेवीका ९६...
काठमाडौं, साउन २१ : तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्ष गीतादेवी निम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधन भएको भन्दै सार्वजनिक बिदा दिएको छ।
उपाध्यक्ष गीतादेवीका ९६ वर्षीय ससुराको निधन बिहीबार गते राति ११ बजेर ४० मिनेट जाँदा भएको भएको बताइएको छ।
गाउँपालिकाकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलद्वारा सम्प्रषित सूचनामा शुक्रबार एक दिनका लागि सार्वजनिक बिदा दिइएको उल्लेख छ।
सूचनामा गाउँपालिका कार्यालय, वडा कार्यालय, सबै शैक्षिक संस्था, गाउँपालिका मातहतका स्वास्थ्य कार्यलयबाहेका सबै कार्यालयलाई शोक बिदा दिइएको उल्लेख छ।

प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





