कोभिड खोप उपलब्ध गराएकामा प्रधानमन्त्रीले दिए भुटानलाई धन्यवाद
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराएमा भुटानलाई धन्यवाद दिएका छन्।
काठमाडौं, साउन २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराएमा भुटानलाई धन्यवाद दिएका छन्।
भुटानले शुक्रबार आफ्ना नागरिकलाई लगाएर बाँकी भएको दुई लाख ३० हजार डोज कोभिड-१९ खोप काठमाडौं पठाएको छ।
‘मित्रवत सम्बन्धलाई अगाडि बढाउँदै भुटानले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराएकामा त्यहाँका राजा र प्रधानमन्त्रीलाई धेरै धन्यवाद,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महामारीका बेला भुटानले नेपाललाई दुई लाख ३० हजार डोज कोभिसिल्ड खोप उपलब्ध गराएर ठूलो गुन लगाएको छ ।’
प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





