Kathmandu Press

बिपीमा भ्रष्टाचार गर्नेमाथि कारबाही अघि बढाउने राज्यमन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं, साउन २२ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततालगायत अन्य भ्रष्टाचार संलग्नमाथि कारबाही प्रक्रिया अघि...
बिपीमा भ्रष्टाचार गर्नेमाथि कारबाही अघि बढाउने राज्यमन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं, साउन २२ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततालगायत अन्य भ्रष्टाचार संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रतिनिधिसभाअन्तगर्तको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा उनले कारबाहीको प्रयोजनका लागि प्रतिष्ठानको सिनेट बैठक बोलाएर छुट्टै छानबिन समिति गठन गर्ने पनि उनले बताए।

सिनेटको बैठक नबसी सरकारले दोषीलाई कारबाही गर्ने अवस्था नरहेको उनको भनाइ थियो। 

उनले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरूमाथि कडा कारबाही हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारले स्वास्थ्य मन्त्रालयमा छुट्टै अनुगमन एकाइ गठन गर्न लागिएको पनि जनाकारी दिए। 

पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहेका समितिका सदस्य एवं एमाले ओली समूहका नेता खगराज अधिकारीले कर्मचारीहरूको आन्दोलनका कारण प्रतिष्ठान बन्द भएको आरोप लगाउँदै आन्दोलनकारी कर्मचारीलाई कडा कारबाही गर्नुुपर्ने बताए। 

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका समिति सदस्य एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बिपी प्रतिष्ठानका उपकुलपतिमा निहित असीमित अधिकार कटौती गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्