Kathmandu Press

भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं, साउन २२ : भूमि आयोग खारेज गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता प्रवेश केसीले आयोज खारेजीको निर्णय बदर हुनुपर्ने माग...
भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं, साउन २२ : भूमि आयोग खारेज गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। 

अधिवक्ता प्रवेश केसीले आयोज खारेजीको निर्णय बदर हुनुपर्ने माग गर्दै शुक्रबार रिट दायर गरेका हुन्। 

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयले भूमिसम्बन्धी मौलिक हकको उल्लंघन भएको रिटमा उल्लेख छ। संवैधानिक हिसाबले आयोग विघटन गर्न नमिल्ने दाबी रिटमा गरिएको जनाइएको छ। 

उक्त रिटको पेसी साउन २५ गतेका लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

सरकारले गत मंगलबार भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्