Kathmandu Press

प्रधानमन्त्री देउवा र राष्ट्रसंघकी आवासीय प्रतिनिधिबीच शिष्टाचार भेट

प्रधानमन्त्री देउवा र राष्ट्रसंघकी आवासीय प्रतिनिधिबीच शिष्टाचार भेट

काठमाडौं, साउन २२ : प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रसंघकी आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीबीच शुक्रबार शिष्टाचार भेट भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा नेपालको विकास तथा संयुक्त राष्ट्रसंघ र नेपालको सम्बन्ध अझ मजबुत बनाउने सम्बन्धि छलफल भएको छ।

यस्तै, कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाललाई संयुक्त राष्ट्रसंघले पु¥याउँदै आएको सहयोगप्रति प्रधानमन्त्री देउवाले न्यान्तीलाई धन्यवाद दिएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट भएको हो।

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्