भुटानबाट तीन लाख डोज काेराेना खोप नेपाल आइपुग्यो
काठमाडौं, साउन २२ : भुटान सरकारले नेपाललाई दिएको कोरोनाविरुद्धको तीन लाख डोज खोप नेपाल ल्याइएको छ।भुटान सरकारले केही समयअघि मात्र नेपाललाई ३ लाख डोज...
काठमाडौं, साउन २२ : भुटान सरकारले नेपाललाई दिएको कोरोनाविरुद्धको तीन लाख डोज खोप नेपाल ल्याइएको छ।
भुटान सरकारले केही समयअघि मात्र नेपाललाई ३ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेको थियो।
खोप लिएर भुटानको राजधानी थिम्पुबाट उडेको ड्रुक एयरको कार्गो विमान आज बिहान पौने १० बजे काठमाडौँ आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जापानले पनि अनुदानमा दिन लागेको १६ लाखमध्ये ८ लाख डोज एस्ट्राजेनेका खोप शनिबार र आइतबार नेपाल आइपुग्दैछ।
भुटान र जापानबाट प्राप्त एस्ट्राजेनेका खोप भारतबाट ल्याइएको कोभिसिल्ड खोपको पहिलो डोज लगाएर बसेका तर दोस्रो डोजबाट वञ्चित रहँदै आएका करिब साढे १३ लाख नागरिकलाई प्राथमिकता दिइने मन्त्रालयको भनाइ छ।
नेपाल सरकारले १० लाख डोजका लागि रकम भुक्तानी गरिसकेको अवस्थामा भारतले खोप दिन नसक्ने बताएपछि ती नागरिकहरू दोस्रो डोजबाट वञ्चित रहँदै आएका थिए।
कोभिसिल्डको पहिलो डोज लिएकाले दोस्रो डोज एस्ट्राजेनेका लगाउन सक्ने सल्लाह विज्ञहरूले दिएका थिए।
-1789476019.jpg)




-1789476019.jpg)





