Kathmandu Press

नेपाल समूहको केन्द्रीय समिति बैठक जारी

काठमाडौं, साउन २२ : एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय समिति बैठक जारी छ।काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेट बसिरहेको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले...
नेपाल समूहको केन्द्रीय समिति बैठक जारी

काठमाडौं, साउन २२ : एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय समितिको बैठक जारी छ।

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेट बसिरहेको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेको जनाइएको छ। 

बिहीबार पनि नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो। बैठकमा केही केन्द्रीय सदस्यहरू भीम रावल, झपट रावल, रामकुमारी झाँक्री, विजय पौडेल, बलराम बाँस्कोटा, ठाकुर गैरे, सविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, चूडामणि जंगली, अनु नेपाल, भागवत विश्वासी, बलदेव चौधरी, भानुभक्त जोशी, नागेन्द्र चौधरीले आफ्ना धारणा राखेका थिए। 

उनीहरूमध्ये कसैले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका थिए भने कसैले पार्टी एकतालाई नै सार्थक निष्कर्षमा पुर्याउनुपर्ने मत अघि सारेका थिए।

बिहीबारको बैठकमा नेता नेपालले सम्मानजनक परिस्थिति बने मात्र पर्टाी एकता हुन सक्ने धारणा राखेका थिए। नेपालले आफू एकता विरोधी नरहेको र सम्मानजनक एकताका लागि निरन्तर वार्ता चलिरहेको उल्लेख गरेका थिए। 

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्