Kathmandu Press

गठबन्धन कार्यदलले शीर्ष नेताहरूलाई हस्तान्तरण गर्‍यो न्यूनतम साझा कार्यक्रम

सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन शुक्रबार शीर्ष नेताहरूलाई हस्तान्तरण गरेको छ।
गठबन्धन कार्यदलले शीर्ष नेताहरूलाई हस्तान्तरण गर्‍यो न्यूनतम साझा कार्यक्रम

काठमाडौं, साउन २२ : सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन शुक्रबार शीर्ष नेताहरूलाई हस्तान्तरण गरेको छ ।

कार्यदलमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सदस्य छन् ।

कार्यदलले प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार शीर्ष नेताहरूलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।

प्रतिवेदनलाई ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम तथा सरकार सञ्चालनको कार्यविधि र आचारसंहिता’ नाम दिइएको छ ।

प्रकाशित मिति: ११:४४ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्