Kathmandu Press

राष्ट्रपति र प्रधानमन्त्री भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार अपराह्न भेटवार्ता भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्री भेटवार्ता
फाइल तस्बिर

काठमाडौं, साउन २१ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार अपराह्न भेटवार्ता भएको छ ।

त्यसक्रममा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएका राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले जानकारी दिए । रासस

प्रकाशित मिति: २१:४४ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्