Kathmandu Press

सांसद खत्रीले लगाएका आरोपका बिषयमा छानबिन गरी संलग्नलाई दण्डित गर्न कांग्रेस नेता थापाको माग 

काठमाडौं, साउन २१ : नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्रीले लगाएका आरोपका बिषयमा छानबिन गरेर अपराधिक कार्यको...
सांसद खत्रीले लगाएका आरोपका बिषयमा छानबिन गरी संलग्नलाई दण्डित गर्न कांग्रेस नेता थापाको माग 

काठमाडौं, साउन २१ : नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्रीले लगाएका आरोपका बिषयमा छानबिन गरेर अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गर्न माग गरेका छन् ।

थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्रीले आफूलाई बन्धक बनाएको,जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन भन्दै यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग गरेका हुन् ।

सांसद खत्रीले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा तीन दिन ‘बन्धक’ बनाइएको र विज्ञप्ति बनाएर पढ्नै नदिई जबर्जस्ती हस्ताक्षर गराइएको दाबी गरेकी छन् । 

प्रकाशित मिति: २०:४२ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्