Kathmandu Press

एमाले दाबी : प्रदेश सभा सदस्य वलीले लगाएको आरोप निराधार 

काठमाडौं, साउन २१ : नेकपा एमाले लुम्विनी प्रदेशले प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको दाबी गरेको छ ।एमाले लुम्बिनी...
एमाले दाबी : प्रदेश सभा सदस्य वलीले लगाएको आरोप निराधार 

काठमाडौं, साउन २१ : नेकपा एमाले लुम्विनी प्रदेशले प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको दाबी गरेको छ ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका हुन् । मुख्यमन्त्रीसँग छलफल गर्न सहज होस भनेर वलीले नै भनेकाले निवासमा राखिएको उनले बताए ।

उनले एमालेमै फर्किएको विज्ञप्ति पनि वलीकै इच्छाअनुसार सार्वजनिक भएको जिकिर गरे । यसअघि प्रदेशसभा सदस्य विमला वलीले पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्‍याएर राखेको र आफू भागेर निस्कन सफल भएको बताएका थिए ।

यसैबीच लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा प्रमुख सचेतक ढकालले आपत्ति जनाए । ढकालले संविधानको धारा १६८ (१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने तर्क गरे ।
 

प्रकाशित मिति: २०:१९ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्