नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ७३ केन्द्रीय सदस्य सामेल
काठमाडौं, साउन २१ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ७३ केन्द्रीय सदस्य सामेल भएका छन्।पछिल्लो समय एमालेमा मौलाएको चर्को आन्तरिक...
काठमाडौं, साउन २१ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ७३ केन्द्रीय सदस्य सामेल भएका छन्।
पछिल्लो समय एमालेमा मौलाएको चर्को आन्तरिक विवादबीच एमाले एकताका सन्दर्भमा निर्णायक छलफलका लागि नेता नेपालले केन्द्रीय कमिटी बैठक बोलाएको जनाइएको छ।
केन्द्रीय कमिटी बिहीबार सम्पन्न बैठकमा ७३ जनाको हस्ताक्षर भइसकेको र ८० देखि ८५ पुग्ने अनुमान गरिएको एक केन्द्रीय सदस्यले बताए।
२०७५ जेठ २ अघिसम्म नेता नेपालको पक्षमा ९१ केन्द्रीय सदस्य थिए। बिहीबारको केन्द्रीय कमिटी बैठकर त्यसअघिको स्थायी कमिटी बैठकमा ओलीले मिलीजुली अघि बढ्ने बाटो बन्द गरिदिए नयाँ ढंगले अघि बढ्नुपर्ने केन्द्रीय सदस्यहरुले नेता नेपाललाई सुझाएको बताइएको छ। बैठक अझै जारी छ। बैठकमा अहिले केन्द्रीय सदस्यले पार्टीमा देखिएको समस्या र पार्टी एकताका विषयमा धारणा राखिरहेका बैठकमा सहभागी नेता झपटबहादुर रावलले जानकारी दिए।
नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ । उनका अनुसार बैठकको शुरुमा पार्टीका वरिष्ठ नेता नेपालले समसामयिक विषयमा भनाइ राख्नुभएको र त्यसपछि उपाध्यक्ष डा भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराएका थिए। त्यसपछि केन्द्रीय सदस्यबाट भनाइ राख्ने क्रम जारी छ ।
नेता झपटबहादुर रावलले एमालेलाई सुदृढ र सवल कसरी बनाउने भन्ने विषमया नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिष्ट आन्दोलन कमजोर बनाउन भइरहेका गतिविधिको कसरी मुकाविला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको जानकारी दिए।
उनले एमालेको नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक, साङ्गठनिक प्रतिवेदन र विधान अनुसार नै पार्टी अघि बढाउनुपर्ने आफूहरूको महत्वपूर्ण शर्त रहेको उल्लेख गरे। नेतृत्वले पछिल्लो चरणमा गरेका कमीकमजोरीलाई सुधारेर विधानअनुसार नै पार्टी अघि बढ्ने उहाँले विश्वास व्यक्त गरे।
केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने जिकिर गरे।
यसअघि पार्टीको स्थायी कमिटी बैठकले विधान अधिवेशन, पालिका तथा वडाधिवेशनको मिति तय गरेको थियो। बैठकको निर्णय अनुमोदनका लागि यही साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइसकेको अवस्थामा नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बसेको हो।
-1789476019.jpg)




-1789476019.jpg)





