भूमि आयोग विघटन गर्नु उचित : डा. महत
कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले भूमि आयोग विघटन गरेकोमा उनले खुशी व्यक्त गरेका छन् । र, सरकारको यो कदमलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।
काठमाडौं, साउन २१ : कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले भूमि आयोग विघटन गरेकोमा उनले खुशी व्यक्त गरेका छन् । र, सरकारको यो कदमलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।
‘भूमिहीनहरूलाई जग्गा दिने कुरामा सरकारले उचित र वैज्ञानिक ढंगले काम गर्छ । तर, यसअघि आयोग बनाएर कार्यकर्ताको भर्ती केन्द्र बनाइएको थियो । यसलाई विघटन गर्नु उचित हो,’ बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा डा. महतले भने ।
उनले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिन ढिलाइ गर्न नहुने बताए । सत्ता गठबन्धका दलहरूसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बताए ।
वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत काम खारेज गर्नुपर्ने धारणा पनि उनको छ ।
सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने उनले बताए । यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ पूर्ण बजेट ल्याइनुपर्ने डा. महतको भनाइ थियो । अब ल्याइने बजेटमा कृत्रिम रूपमा आकार मात्रै बढाउन नहुने उनले सुझाव दिए । यसअघि अध्यादेशमार्फत आएको बजेटले राष्ट्रको आन्तरिक र बाह्य दुवै ऋण बढाएको उनले औँल्याए । डा. महतले भने, ‘अहिले एकजनाको भागमा ५२–५३ हजार रुपैयाँ ऋण पुगेको छ ।’ अब बजेट ल्याईँदा प्रशासकीय खर्चपनि घटाउनेतर्फ सरकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
-1789476019.jpg)




-1789476019.jpg)





