Kathmandu Press

काठमाडौं उपत्यकामा १०७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये सबैभन्दा बढी काठमाडौंमा ७ सय...
काठमाडौं उपत्यकामा १०७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये सबैभन्दा बढी काठमाडौंमा ७ सय ६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी भक्तपुरमा १ सय ४६ र ललितपुरमा १ सय ६३ जना संक्रमित थपिएका छन्।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ६८ तथा देशभर ३४ हजार ४ सय २२ पुगेको छ।

बुधबार उपत्यकामा १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

बुधबारभन्दा बिहीबार संक्रमित हुनेको संख्या २ सय ४ कम हो। मंगलबार उपत्यकामा ९ सय ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्