थपिए ३९३८ संक्रमित, २०१२ जना संक्रमणमुक्त, ३७ को मृत्यु
११ हजार ८ सय ७० पिसिआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५ सय ३८ एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, साउन २१ : पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्।
११ हजार ८ सय ७० पिसिआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५ सय ३८ एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थपिएको सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ भएको छ।
२४ घन्टाको अन्तरालमा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कुल मृतक संख्या ९ हजार ९ सय ९४ पुगेका छन्।
मन्त्रालयका अनुसार हाल देशभर ३४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै ३ हजार ३ सय १४ संक्रमित आइसोलेसनमा छन्। ७ सय १३ जना संक्रमितको आइसियु र १ सय ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ।
-1789476019.jpg)

-1789476019.jpg)