आधिकारिकता निरुपणअघि बाहिर रहेका नेता–कार्यकर्तालाई पार्टीमै फर्किन जसपाको आह्वान
जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकतासम्बन्धी विवाद निरुपणअघि बाहिर बसेका नेता–कार्यकर्तालाई पार्टीमै फर्किन आह्वान गरेका छन् ।
काठमाडौं, साउन २१ : जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकतासम्बन्धी विवाद निरुपणअघि बाहिर बसेका नेता-कार्यकर्तालाई पार्टीमै फर्किन आह्वान गरेका छन् ।
बिहीबार विज्ञप्तिमार्फत यादवले जुनसुकै कारणले पार्टीबाट अलग भएका र अन्यत्र अलमलमा परेका नेता-कार्यकर्तालाई बिनाहिचकिचाहट पार्टीमा फर्किएर जिम्मेवारी सम्हाल्न आह्वान गरेका हुन् ।
जसपा अध्यक्ष यादवको विज्ञप्ति बुधबार महन्थ ठाकुर पक्षले प्रकाशित गरेको अपिलको ‘काउन्टर’मा आएको हो । ठाकुरले अपिलमार्फत जसपाका नेता-कार्यकर्तालाई आफ्नो पक्षमा आउन आग्रह गरेका थिए ।
प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





