मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन
प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।काठमाडौं, साउन २१ : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बाेलाइएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेको विज्ञप्तिमा जनाइएको छ।
गत सोमबार कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
चार दलीय विपक्षी गठबन्धनले सो अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख शेरचन समक्ष आग्रह गरेको थियो।
लुम्बिनीमा मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नुपर्ने माग विपक्षी गठबन्धनले राख्दै आएको थियो।

-1789476019.jpg)




-1789476019.jpg)





