Kathmandu Press

विश्व क्रिकेट लिग-२ को प्रशिक्षण आजदेखि

विश्व क्रिकेट लिग-२ को प्रशिक्षण आजदेखि

काठमाडौं, साउन २१ : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबारदेखि बन्द प्रशिक्षण शुरु गरेको छ। 

आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ। टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले जनाएको छ ।

क्यानले बोलाएका १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका हुन्। नेपाल पुलिस क्लबका खेलाडी गुलशनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । लिग-२ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ। त्यसमा नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ। नेपाल चार अङ्क जोड्दै छैटौं स्थानमा छ। 

त्यसैगरी दश खेल खेलेको ओमान १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ। बाह« खेलमा १२ अङ्क बटुलेको अमेरिका दोस्रो स्थानमा छ। बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन्।

त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन्।

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्