Kathmandu Press

फुटबलप्रति हुम्लाका बालिकामा बढी रुचि

फुटबलप्रति हुम्लाका बालिकामा बढी रुचि

सिमकोट, साउन २१ : पछिल्लो समय हुम्लाका बालबालिकामा फुटबलप्रति रुचि बढ्दै गएको छ।

यही साउन १५ गतेबाट सदरमुकाम सिमकोटमा फुटबल एकेडेमीद्वारा सञ्चालन भइरहेको खेलमा बालकभन्दा बालिकाको सक्रियता बढी देखिएको छ।

फुटबल खेलाडीका लागि सञ्चालन भइरहेको तालीममा बालकको भन्दा बालिकाको सक्रिय सहभागिता बढी रहेको फुटबल एकेडेमी हुम्लाका अध्यक्ष विष्णुबहादुर रावतले बताए।

सदरमुकाम सिमकोटमा बसोबास गर्दै आएका बजारवासी, तल्लो गाउँ, माथिल्लो र आसपास गाउँका बालबालिकाले फुटबल खेलको तालीम लिइरहेको उहाँले जानकारी दिए। 

साउन १५ गतेदेखि बिहान, दिउँसो र साँझ फुटबल तालीम नियमित सञ्चालन भइरहेको बताइएको छ।

बिहानको समयमा ३० बालक सहभागी हुने गर्दछन् भने दिउँसो त्यो भन्दा दोब्बर एक सय बढीको सङ्ख्यामा बालिका सहभागी हुने गरेका अध्यक्ष रावतले बताए। 

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्