गरिब जनतालाई निःशुल्क विद्युत दिने तयारी
काठमाडौं, साउन २१ : गरीबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले बताएकी...
काठमाडौं, साउन २१ : गरीबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले बताएकी छन्।
बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले विद्युतको घरेलु उपयोग जसले बढी गर्छ, उसलाई विद्युत महशुल पनि कम गर्ने तयारी गरिरहेको बताइन।
‘गरीबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहिँ राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत दिने गरेर एउटा तयारी गरिरहेकी छु, उनले भनिन्, ‘करीब करीब हामी त्यसको निकर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ, उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यका साथ तयारी गरेको छु।’
साथै उनले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन्।
प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





