Kathmandu Press

साउन २५ देखि ३२ सम्म खोप सप्ताह मनाइँदै

काठमाडौं, साउन २१ : सरकारले साउन २५ देखि ३२ सम्म खोप सप्ताह मनाउने भएको छ।प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिको बिहीबार बसेको बैठकमा बोल्दै स्वास्थ्य...
साउन २५ देखि ३२ सम्म खोप सप्ताह मनाइँदै

काठमाडौं, साउन २१ : सरकारले साउन २५ देखि ३२ सम्म खोप सप्ताह मनाउने भएको छ।

प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिको बिहीबार बसेको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले खोप सप्ताहबारे जानकारी दिएका हुन्।

खोप सप्ताहका क्रममा कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई प्राथमिकता दिइने उनले बताए।

कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकको संख्या साढे १३ लाख रहेको छ। उनीहरूलाई जापान र भुटानबाट आएको खोप दोस्रो डोजका रूपमा दिइने उनले जानकारी दिए।

जापान सरकारले नेपाललाई सहयोगस्वरुप १६ लाख डोज एस्ट्राजेनेका खोप दिने प्रतिबद्धता व्यक्त गरेको छ। त्यसमध्ये करिब आधा (८ लाख डोज) शनिबार र आइतबार आइपुग्दैछ।

भुटानले पनि ३ लाख खोप दिने प्रतिबद्धता जनाएको उनले बताए। उनले काठमाडौंमा १ सय ५०, ललितपुरमा ७७ वटा र भक्तपुरमा ३८ वटा खोपकेन्द्र तयार पारिएको पनि जानकारी दिए।

प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्