लुम्बिनीका तीन मन्त्रीद्वारा सांसद पुनर्बहाली माग गर्दै दायर रिटमाथि आज सुनुवाइ
काठमाडौं, साउन २१ : जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रीहरुलाई सांसद पदबाट मुक्त गरेपछि दायर गरिएको रिटमा आज (बिहीबार) सर्वोच्च...
काठमाडौं, साउन २१ : जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रीलाई सांसद पदबाट मुक्त गरेपछि दायर गरिएको रिटमा आज (बिहीबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे जसपाले सांसद पदबाट हटाइएपछि त्यसविरुद्ध लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र प्रदेशसभा सचिवालय र जसपालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए।
आज त्यही रिटमाथि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो। गत मंगलबार पनि सो रिटको सुनुवाइका लागि पेसी तोकिए पनि हुन सकेन।
यसअघि पनि उनीहरूले रिट दायर गरेको थिए, जुन विचाराधीन अवस्थामा छ। मुद्दा विचाराधीन हुँदाहुँदै फेरि कारबाही गर्दा मानहानि भएको भन्दै मन्त्रीहरू अदालतमा पुगेका हुन्।
माओवादी केन्द्रका पूर्वनेताद्वय दधिराम न्यौपाने र दिनेश पन्थीले पनि पार्टी र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।
माओवादी केन्द्र्रबाट प्रदेश सांसदको चुनाव जितेका उनीहरुले पनि सांसद पद यथावत रहनु पर्ने भन्दै दायर गरिएको रिटमाथि छलफल गर्न भने भदौ ८ गतेका लागि सर्वोच्चले अदालतले बोलाएको छ।
-1789476019.jpg)




-1789476019.jpg)





