मंसिरसम्म २ लाखको हाराहारीमा कोरोना संक्रमित थपिने प्रक्षेपण
काठमाडौं, साउन २१ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी मंसिरसम्म २ लाखको हाराहारीमा कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ।प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिको...
काठमाडौं, साउन २१ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी मंसिरसम्म २ लाखको हाराहारीमा कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ।
प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिको बिहीबार बसेको बैठकमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले त्यस्तो तथ्यांक प्रस्तुत गरेका हुन्।
स्वास्थ्य मन्त्रालयको प्रक्षेपणअनुसार साउनमा ५३ हजार ३ सय ७ र भदौमा ४५ हजार ७ सय २६ जना संक्रमित थपिनेछन्।
त्यस्तै असोजमा ३८ हजार ५ सय ९७ र कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १ सय ८३ संक्रमित थपिने जनाइएको छ।
मंसिरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने आकलन मन्त्रालयको छ। त्यतिबेला ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने पनि मन्त्रालयले जनाएको छ।
९ हजार ६ सय ९३ जनालाई भने सघन उपचारकै आवश्यकता पर्न सक्ने सम्भावना रहेको मन्त्रालयको भनाइ छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म होम आइसोलेसनमा ३० हजार २ सय ७० जना, संस्थागत आइसोलेसनमा ३ हजार १ सय ९४ जना, आइसियुमा ७१४ जना र भेन्टिलेटरमा १ सय ५६ जना उपचाररत छन् ।
यस्तै पहिलो मात्रा खोप प्राप्त गर्नेहरुको संख्या ४२ लाख ९७ हजार ६१२ र पूर्ण खोप प्राप्त गर्नेहरुको संख्या २० लाख ७४ हजार रहेकाे मन्त्रालयकाे भनाइ छ।
मन्त्रालयले तेस्रो लहर फैलिने सम्भावना रहेको भन्दै स्वास्थ्य मापदण्ड अपनाउन अपिल गर्दै आएकाे छ।
-1789476019.jpg)




-1789476019.jpg)





